३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई युवकको मृत्यु
  • न्युज डेस्क

३ असोज दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

लमही नगरपालिका ६ बेलदमार नजिक बिहीबार बिहान ६ बजे घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।दुर्घटनामा परी गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय मोटरसाइकल चालक श्रवणकुमार पुन र पछाडि सवार घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech