३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
बाँकेमा ५ जनालाई थुनामा राख्न अदालतको आदेश
बाँकेमा ५ जनालाई थुनामा राख्न अदालतको आदेश
  • न्युज डेस्क

३० भदौ बाँके । ज्यान मार्ने उद्योग मुद्धामा ५ जनालाई थुनामा राख्न आदेश दिइएको छ ।
बाँकेको राप्तीसोनारी घटनामा पक्राउ परेका ५ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश दिएको हो ।

ज्यानमार्ने उद्योग मुद्दामा आज भएको थुनछेक आदेशानुसार प्रतिवादीहरु वामे भन्ने चुडामणी वली, विशाल बस्नेत, ज्ञानेन्द्र राज वली, रत्न बहादुर भण्डारी र लोकेन्द्र डाँगी भन्ने लोक बहादुर डाँगीलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्न ईलाका प्रहरी कार्यालय, कोहलपुरलाई पत्र पठाई अदालतले आदेश दिएको हो ।राप्ती सोनारी गाउँपालिका– २ का २८ वर्षीय सन्दिप बिष्ट र बैजनाथ गाउँपालिका– ७ का २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले खुँडा र खुकरी प्रहार गरेका थिए।खुकुरी प्रहार घटनामा संलग्नमध्ये हालसम्म वडाध्यक्ष ओली, सन्दिप ओली, रत्न भण्डारी, सन्तोष गुप्तालाई घटना भएकै दिन राति प्रहरीले नियन्त्रणमा लिएको थियो। अन्य पाँच जना फरार भएको हुँदा उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech