२७ भदौ जुम्ला । पहिरोले कर्णाली राजमार्ग पहिरो खसेपछि पुनः अवरुद्ध भएको छ ।
बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित गगनेखोला र एसमोडमा पहिरो आएकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।