२३ आश्विन २०८१, बुधबार
२३ आश्विन २०८१, बुधबार
सरकारी कार्यालयका कर्मचारीको खाजा खाने समय ३० मिनेट मात्र
सरकारी कार्यालयका कर्मचारीको खाजा खाने समय ३० मिनेट मात्र
  • न्युज डेस्क

२४ भदौ काठमान्डौ । सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा खाने समय घट्ने भएको छ।

आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको बताएका हुन्।उनका अनुसार अब खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको छ। खाजाको नयाँ समय दिउँसो साढे १ बजे देखि २ बजेसम्म तोकिएको छ।त्यस्तै खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि प्रधामन्त्री ओलीले अनुरोध गरेका छन्।

  • २४ भाद्र २०८१, सोमबार प्रकाशित
  • Nabintech