३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
पहिरोमा पुरिएर जाजरकोटमा वडा सदस्य सहित दुई जना बेपत्ता
पहिरोमा पुरिएर जाजरकोटमा वडा सदस्य सहित दुई जना बेपत्ता
  • न्युज डेस्क

जाजरकोट । जाजरकोटमा पहिरोले पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता भएका छन् ।

बारेकोट गाँउपालिका ६ धुमा गाँउमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका हुन भने भने एक बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उहाँकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी मायादेवी चलाउने पुरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनास्थल वाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको तर २ जनालाई निकाल्न नसकिएको बताइएको छ । जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेका अनुसार घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनुभयो ।

  • २३ भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech