३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
कोहलपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक जना घाइते
कोहलपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक जना घाइते
  • न्युज डेस्क

२२ भदौ बाँके । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।बाँकेको कोहलपुर कोहलपुर नगरपालिका वडा नम्बर १० डाइनामिक स्कुल नजिकै बस्ने वर्ष अन्दाजी ३९ को भुपेन्द्र सुनारले चलाएको मोटरसाइकल कोहलपुर नगरपालिका वडा नम्बर १० कौशिल्या अस्पताल नजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा परी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मोटरसाइकलमा सवार सुर्खेत लेकबेसी नगरपालिका वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वर्ष ४२ वर्षिय लालबहादुर सुनार गम्भीर घाइते भएको र उहाको उपचार भैरहेको प्रहरीले जनाएको छ

  • २२ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech