३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा
जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा
  • न्युज डेस्क

२१ भदौ जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ ।स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय जना छन् । उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गरेका नौ सय ५० र माध्यामिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन् ।

बाल विकासतर्फ सामान्य साक्षरको सङ्ख्या चार सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ ।

  • २१ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech