२० भदौ बैतडी । बलात्कारको आरोपमा बैतडीमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन्।
३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि जिल्लाको सिगास गाउँपालिका २ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको प्रहरीले जनाएको छ ।
धामीले विभिन्न प्रलोभनमा पारी पटक पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ।पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ। पक्राउ पर्ने धामी विवाहित रहेका छन्।