८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
भेरी नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा
भेरी नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा
  • paschimpatra

जाजरकाेट । भेरी नगरपालिका जाजरकोटको वडा नं. ८ लाई पालिकाको पहिलो र जिल्लाको छेडागाड नगरपालिका २ वटा र कुशे गाँउपालिकाको ३ वटा सहित भेरी नगरपालिका छैंटौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरीएको छ ।

भदौ १८ गते प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहको प्रमुख अतित्यमा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा वडाले ५१ वटा सुचकमा ९५ प्रतिशत भन्दा बढी पुरा गर्दै बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष विर बहादुर शाहीले बताउनु भयो ।

बालमैत्री स्थानिय शासन घोषणा गर्नको लागी शिक्षा, स्वास्थ्य र संरक्षकका विषयमा करिब एक बर्ष बालबालिकाहरुको क्षेत्रमा वडाले सबै भन्दा बढी प्राथामिकता दिएर वडाबासी, जनप्रतिनिधी, कर्मचारी र सरोकारवालको निकै महत्वपुर्ण योगदान रहेकोले भेरी नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा गरिएको छ ।

यस वडामा ४ वटा बिद्यालय रहेका छन् । ४ बर्ष देखी १२ बर्ष सम्मका सबै बालबालिकाहरु बिद्यालयमा भर्ना भएको र नियमीत बिद्यालय जाने गरेका छन् । बालबालिहरुले खोप र स्वास्थ्य सम्बन्धी सुचकहरुलाई पुरा गरेका छन् ।

समुदायमा भौतिक संरचना मात्रै निर्माण गरेर समुदायको विकास हुदैन । त्यसका लागी समुदायमा मानविय विकासको कुराले पनि प्रभाव पारेको हुन्छ । समुदायको विकासका लागी ब्यक्ती र परिवारलाई असर पार्ने खालका कुप्रथाहरु अन्त्य गर्ने । अभियानहरु समुदायमा हुन आवश्यक पर्छ । बालमैत्री वडा पनि एक विकासको आधार रहेको आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले बताउनु भयो । बालबालिकाहरुको क्षेत्रमा कर्णाली प्रदेशको नीति नियम र कार्यविधी सँगै बालबालिकाको क्षेत्र लगानी र कार्यन्वयनमा सधै प्राथामिकतामा राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

बालबालिमैत्री स्थानिय शासन वडा घोषणाका लागी योगदान गरेका विभिन्न ब्यक्ती हरु ६५ जना ब्यक्तीहरुलाई सम्मान गरिएको थियो ।

  • १९ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech