३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
बालेनका काम केपी शर्मा ओलीलाई अनफलो अभियान !
बालेनका काम केपी शर्मा ओलीलाई अनफलो अभियान !
  • न्युज डेस्क

१९ भदौ काठमान्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’लाई अनफलो गर्ने अभियान सुरु गरेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र एमालेबिच टसल देखिएसँगै अनफलो अभियान चलेको हो ।मेयर शाहका समर्थकहरूले ओलीको भेरिफाईड फेसबुक पेज अनफलोको अभियान छेडेका हुन् । अधियान पछि ओलीको पेजमा लाईक गर्नेहरूको संख्या निरन्तर घटिरहेको छ ।प्रधानमन्त्री ओलीको फेसबुकमा ६ लाख ६२ हजार फलोअरर्स रहेकोमा अभियान सुरु भएपछि बुधबार बिहान उनको फलोअर घटेर ६ लाख २ हजारमा पुगेको छ । अभियान चलेको २४ घण्टा बित्न नपाउँदै ओलीको फलोअर ६० हजारले घटेका हुन् ।

मेयर शाहले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरूले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेसबुकबाट गायब भएको छ ।

  • १९ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech