९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार
बिदाको भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा
बिदाको भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा
  • न्युज डेस्क

१९ भदौ काठमाडौँ । गृह मन्त्रालयको नक्कली सूचना बनाई भ्रम फैलाउने व्यक्ति लाई नियन्त्रणमा लिइएको बताइएको छ । गृह मन्त्रालयको लेटर हेडमा बुधवार आज बिदा भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको गृह स्रोतले जानकारी दिएको छ ।

प्रहरी अधिकारीका अनुशार विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद हुने गरी आजै मुद्धा दायर गर्ने तयारी रहेको छ ।कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सार्वजनिक सूचना प्रवाह गरेसँगै बिहानभरि पत्र भाइरल भएको थियो । जसका कारण सरकारी कर्मचारीहरूमा कन्फ्युजन पैदा गरेको थियो ।

  • १९ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech