६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार हुँदै
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार हुँदै
  • न्युज डेस्क

१८ भदौ सुर्खेत । सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरे पछि सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने भएको हो ।

मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा। शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा छ ।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित
  • Nabintech