३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
रास्वपाको कर्णाली प्रदेशको संयोजक मदन खडका
रास्वपाको कर्णाली प्रदेशको संयोजक मदन खडका
  • न्युज डेस्क

१८ भदौ सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले मदन खड्काको नेतृत्वमा कर्णाली प्रदेश समिति गठन गरेको छ।

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भदौ १५ गते शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले सर्वसम्मत रूपमा खड्काको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।भेलाले प्रेम बोहरा उपप्रमुख, ललित चन्द महासचिव, हरि अधिकारी सचिव र स्नेहा उपाध्याय कोषाध्यक्ष चयन गरेको छ।

बुधे बुढा, ऋषिराम पाण्डे, निर्मला सापकोटा, अविसरा सुवेदी र सुनिता विक समितिको सदस्य छानिएका छन्।प्रदेश प्रमुखका लागि ६ र सदस्यका लागि १७ जनाको उम्मेदवारी परे पनि आपसी सहमतिमै पदाधिकारी र सदस्य छानिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।केन्द्रीय सभापति रवि लामिछाने र कार्यवाहक महामन्त्री बुर्लाकोटी लगायत नेताको उपस्थितिमा भेलामार्फत् प्रदेश समिति गठन गरिएको हो।विशेष राजनीतिक र सांगठनिक अभियान आवश्यक रहेको निष्कर्षका साथ रास्वपाको केन्द्रीय समितिले २०८० फागुन ७ गते कर्णाली प्रदेशका सबै समिति विघटन गरेको थियो।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित
  • Nabintech