३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक
पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक
  • न्युज डेस्क

१५ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।

कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५(८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । यसै विच पलेशा लाई राष्ट्रपति, प्रधानमन्त्री लगायत प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बधाई दिनु भएको छ ।

  • १५ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech