६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
रवि तेजाको ‘खिलाडी’को ट्रेलर रिलिज
  • न्युज डेस्क

  • साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको बहुप्रतिक्षीत एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ । फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित यो फिल्ममा रवि तेजाको रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ ।

    मिनाक्षी चौधरी, डिम्पल ह्याती समेतको मुख्य भूमिका रहेको फिल्ममा कन्नड अभिनेता अर्जुन सरजा र अनसुया भारद्वाजको समेत मुख्य भूमिका छ । फिल्ममा रविले डबल भूमिका निर्वाह गरेका छन् । फिल्म पुरै भारतमा रिलिज हुन लागेको हो । रविको लोक प्रियतालाई ध्यानमा राखेर फिल्म देशभर रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित