२ भदौ काठमान्डौ । बालेन र सुनिताको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले बाजुराका एक युवालाई पक्राउ गरेको छ ।
जोड्आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत समातिएका हुन् । उनलाई अस्ति सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
रावतउपर विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको छ ।उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर एआइ भिडिओ बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । आफ्नो फेक फोटो र भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै सुनिताले गत बुधबार प्रहरीमा उजुर हालेकी थिइन् ।