३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
छिन्चु – जाजरकोट सडक अवरुद्ध
छिन्चु – जाजरकोट सडक अवरुद्ध
  • न्युज डेस्क

१ भदौ जाजरकोट । अविरल वर्षाका कारण पहिरो जाँदा छिन्चु जाजरकोट खण्ड अवरुद्ध भएको छ। गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

राजमार्ग अन्तर्गतको भेरी नगरपालिका १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत छेडागाड नगरपालिका १२ काडलापहाडदेखि तल्लुबगरसम्मको सडक खण्डको ठाउँ ठाउँमा पहिरो झरेको छ केहि स्थानमा पहिरो हटाएपनि शनिवार विहान फेरी कुदु र मटेलाको विचमा २ ठाउमा पहिरो गएका कारण अहिले छिन्चु जाजरकोट सडक खण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले  पश्चिमपत्रलाई  बताउनु भयो ।
सडक डिभिजन कार्यालयले बिहानैदेखि यहाँको पहिरो पन्छाउन थालेको छ। चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ। अन्य ठाउँमा जेसीबी नहुँदा काम भएको छैन।

  • १ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech