१५ साउन जाजरकोट । जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत थप उपचारका लागी सुर्खेत पठाइएको छ।जाजरकोटको कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार सुर्खेत पठाइएको हो ।
बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रदेश पठाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पश्चिमपत्रलाई जानकारी दिनु भयो ।