२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
पेरिस ओलम्पिक : प्रिन्सको लगातार दोस्रो हार
पेरिस ओलम्पिक : प्रिन्सको लगातार दोस्रो हार
  • न्युज डेस्क

१५ साउन काठमान्डौ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् ।फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१.७, २१.५ ले सहजै पराजित भए ।गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे ।

विश्व वरीयतामा १७२औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१.८, २१.६ ले पराजित भएका थिए ।समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने छन् ।

  • १५ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech