१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
भेरी नगर बालसंजालद्धारा नगरपालिकामा ज्ञापन पत्र पेश
भेरी नगर बालसंजालद्धारा नगरपालिकामा ज्ञापन पत्र पेश
  • पश्चिम पत्र

जाजरकाेट । भेरी नगर बाल संजालले भेरी नगरपालिकामा आइतबार एक कार्यक्रम बिच ज्ञापन पत्र पेश गरेको छ ।

स्थानीय तहले आ.ब. २०८१/२०८२ को लागि योजना तर्जुमा गरी रहदा भेरी नगरपालिकामा बाल बालिकाका सवाललाई नगरपालिकाको स्थानिय योजना तर्जुमा मा समावेश गरि बजेट विनियोजनका लागि नगर पालिकाका प्रमुख प्रशासकिय अधिृकत दल वहादुर घर्ति मार्फत नगर प्रमुखलाई ज्ञापन पत्र पेश गरेको हो ।

यस अघि गत वैशाख २७ र २८ गते भेरी नगर बाल संजालको आयोजनामा नगरपालिकामा बाल भेला आयोजना गरि नगरपालिकामा बाल बालिकाहरुका सवाल पहिचान गरि सवाल समाधानका लागि विभिन्न योजनाहरु समेत प्राथमिकिकरण गरेको थियो ।

ज्ञापन पत्र वुझ्दै प्रमुख प्रशासकिय अधिकृत श्री दल वहादुर घर्तिले बालबालिकाका योजनाहरुलाई प्राथमिकतामा राखि नगर याेजनामा समावेश तथा वजेट विनियोजनका लागि आफुले सक्दो प्रयास गर्ने बताउनु भयो ।

नगरपालिकाले समेत बालमैत्रि अभियान संचालन गरिरहेको अवस्थामा यसले एक ईटा थप्ने काम गरेको वताउनु भयो । बाल भेला मार्फत प्राथमिकिकरण गरेका तपशिल वामोजिमका योजना कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गर्न अनुरोध गर्दै नगर बाल संजालले ज्ञापन पत्र नगरपालिकामा वुझाएको हो ।

१. बालश्रम, बालविवाह, बालबालिका माथि हुने हिंसा न्यूनिकरणका लागि जन चेतानामुलक कार्यक्रम (सडक नाटक, बत्तृत्वकला, अतिरीक्त क्रियाकलाप, तथा अभिमुखिकरण कार्यक्रम) ।
२. वडा,नगरपालिकामा तथा समुदायमा रहेका बाल संरक्षण सरचनाहरुलाई सक्रिय वनाउनका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने ।
३. विद्यालयमा विषयगत शिक्षकहरुको ब्यवस्था तथा विद्यालयमा बालमैत्रि र अपांगमैत्रि संरचना (विद्यालय भवन, शौचालय, खानेपानी) तथा बसाई ब्यवस्थापन र शैक्षिक सामाग्रकिो ब्यवस्थापन गर्न वजेटको व्यवस्था गर्ने ।
४. बालक्लवका सदस्य विशेष गरी बालिकाहरुलाई सुरुक्षित रहनको लागि सम्वन्धि तालिमको व्यवस्था गर्ने
५. लागुऔषध दुब्र्यसन सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु, लागुऔषध दुब्र्यसनमा फसेका बालबालिकाहरुलाई उपचार र पुनस्थापनाको ब्यवस्था गर्ने ।
६. जोखिममा रहेका बालबालिकाहरुको पहिचान गरि जोखिमको विश्लेषणको आधारमा मामला व्यवस्थापन गर्न प्रत्येक वडामा सामाजिक कार्यकताको व्यवस्था गर्ने । उनीहरुलाई विद्यालय निरन्तरताको लागि शैक्षिक सहयोग तथा आवश्यक छात्रवृत्तिको ब्यवस्था
७. बालक्लव तथा बालक्लव ब्यवस्थापनको लागि आवश्यक सामाग्री तथा खेलकुद सामाग्रीको ब्यवस्था
८. बाल क्लव तथा बालक्लव संजालकोे पुर्न गठन, क्षमता विकास सम्वन्धि तालिम र बालभेला तथा बाल संजालले संचालन गर्ने बाल अधिकार प्रवन्र्धन सम्वन्धि विभिन्न अतिरीक्त क्रियाकलापहरुमा सहयोग (बाल कचहरी, बालबालिका सँग मेयर कार्यक्रम, नुमना नगरकार्यपालिका संचालन, बालबालिका सँग जनप्रतिनिधि कार्यक्रम)
९. विद्यालयमा मनोसामाजिक सहयाता सहयोग र वडा तथा प्रहरुी कार्यालयमा मनोसामाजिक सहायता कक्षको ब्यवस्थापन

१०. बालविवाह न्यूनिकरणका लागि रणनैतिक योजना तयार गरी कार्यान्वयन गर्ने ।

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित
  • Nabintech