१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै
जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै
  • paschimpatra

जाजरकोट । जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ यहि जेठ ७ देखि २० गते सम्म प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सवु सञ्चालन हुने भएको हो ।

कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सहआयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको क्लवका अध्यक्ष एवम् महोत्सव संचालन समितिका संयोजक निरज रानाले बताए । जिल्ला सदरमुकाम खलंगामा आज भएको पत्रकार भेटघाटमा संयोजक रानाले जिल्लाका पर्यटकीय क्षेत्र र स्थानीय कला संस्कृतिलाई उजाकर गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै जिल्लाको पयृटन र स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए ।

महोत्सवमा स्थानीय मयुर नाँच, सिंगारु नाँच, पञ्चेबाजा, पैसेरु नाँच, पापीनी नाँच, सोरठी नाँच लगायतका साँस्कृतिक प्रदर्शनी गरिने आयोजकले जनाएको छ । महोत्सवमा विशेष गरी स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तुरहरु ९दहि, महि, घिउ, मह, सिस्नो, मकैको रोटी, कोदो, माछा, डोको, नाम्लो० लगायतका फरक९फरक स्टलहरु राखेर विक्री वितरण तथा अवलोकन गर्न सकिने छ । साथै महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक रूपमा साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले बताएको छ ।

महोत्सव अवलोकनका लागि जाजरकोट सहित रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दैलेख, सुर्खेत, डोल्पा, दाङ, प्युठान लगायतका जिल्लाबाट करिब एक लाख दर्शक आउने आयोजकले अपेक्षा गरेको छ ।

  • २ जेष्ठ २०८१, बुधबार प्रकाशित
  • Nabintech