१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै
कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै
  • paschimpatra

sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।

  • ३० बैशाख २०८१, आईतवार प्रकाशित
  • Nabintech