१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कपकाे उपाधी जगतिपुरलाई
विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कपकाे उपाधी जगतिपुरलाई
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचाै मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालय जगतिपुरले जितेकाे छ ।

छ दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचाै मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालयले जितेको हो ।

प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा १६ स्वर्ण, ४ रजत, ४ कास्य गरी जम्मा २४ पदकका साथ शिवशंकर माद्यामिक विद्यालयले  उपाधी जित्न सफल भएको हो ।

त्यसैगरी भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले ४ स्वर्ण, ७ रजत, ५ कास्य गरी १६ पदक प्राप्त गरी दास्राे स्थान प्राप्त गरेको छ भने त्रिभुवन माद्यामिक विद्यालय खलंगाले ४ स्वर्ण , ४ रजत , ४ कास्य गरी जम्मा १२ पदक प्राप्त गरी तेस्राे स्थान हासिल गरेको छ ।

  • २२ माघ २०८०, सोमबार प्रकाशित
  • Nabintech