२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन
शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन
  • न्युज डेस्क

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शिखर इन्स्यारेन्स (SICL) को शेयरमूल्य समायोजन गरेको छ । ३० प्रतिशत हकप्रद प्रयोजनको लागि इन्स्योरेन्सले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ५५० रुपैयाँ ७७ पैसा कायम भएको छ । नेप्सेले बिहिबारको कारोबार सकिएपछि कायम भएको अन्तिम शेयरमूल्यको आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।

बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ९८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । इन्स्योरेन्सले १ बराबर ०.३ अनुपातमा ५२ कराेड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न माघ २१ गते एक दिनका लागि बुकक्लोज गरेको छ।

त्यस अनुसार आज बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech