१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
नेपाल प्रहरीको “घर घरमा स्टिकर टाँस अभियान” जाजरकाेटमा पनि सुरु
नेपाल प्रहरीको “घर घरमा स्टिकर टाँस अभियान” जाजरकाेटमा पनि सुरु
  • paschimpatra

जाजरकाेट । जाजरकोटका घरघरमा प्रहरीका सम्पर्क नम्बरअंकित स्टिकर टाँस गर्ने अभियानको सुरुवात गरिएको छ ।

सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत सबै प्रकारको सूचनामा प्रहरीको सहज पहुँच बनाउन र नागरिकलाई नजिकबाट सुरक्षाको प्रत्याभूति गराउन आइतबार जिल्लाका सातवटै स्थानीय तहका घरघरमा स्टिकर टाँस अभियानको सुरुवात गरिएको हो ।

एक–दुई महिना भित्रै जिल्लाका सबै प्रहरी युनिट परिचालन गरेर ३६ हजार बढी घरधुरीमा स्टिकर टाँसिने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख ९डिएसपी० सन्तोष रोकाले बताए ।

कर्णाली प्रदेश सरकारको विशेष अभियान भएपनि यहाँका स्थानीय सरकारको आर्थिक सहयोगमा स्टिकर छपाउने काम भएको हो ।

अभियानका विषयमा प्रस्ट पार्दै प्रमुख रोकाले यो अभियानले नागरिककलाई वास्तवमै सुरक्षाको प्रत्याभूति दिलाउने र प्रहरीलाई समेत जतिसक्दो चाँडो घटनास्थलमा पुग्न सहज हुने बताए ।

स्टिकरमा जिल्ला प्रहरी कार्यालयको फोन नम्बर, प्रहरी युनिटहरूको फोन नम्बर, एम्बुलेन्सको नम्बर आदि राखिएको छ ।

त्यति मात्र नभई विभिन्न प्रकृतिका अपराध रोकथाममा समेत यो अभियानले सहयोग गर्ने जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले बताए ।

  • १ श्रावण २०८०, सोमबार प्रकाशित
  • Nabintech