७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
निर्वाचन आयोगको स्पष्टीकरणमा ‘दलीय’ विभेद 
निर्वाचन आयोगको स्पष्टीकरणमा ‘दलीय’ विभेद 
  • paschimpatra

काठमाण्डाै । मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उम्मेदवारहरूलाई धमाधम स्पष्टीकरण सोधिरहेको छ । तर, आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक पार्टीका उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको समाचारमा दलीय भेदभाव गर्ने गरेको पाइएको छ ।

निर्वाचन आयोगको आधिकारिक वेबसाइट ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ इ–बुलेटिनमा’ मा प्रकाशित समाचारमा एमाले बाहेकका राजनीतिक पार्टीका उम्मेदवारको हकमा राजनीतिक पार्टीको नाम उल्लेख गर्ने गरिएको छ भने एमालेका हकमा व्यक्तिकोमात्रै नाम उल्लेख गरेको पाइएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा रौतहट १ का उम्मेदवार माधवकुमार नेपाल, सोही पार्टीका नेता तथा बारा ४ का उम्मेदवार किसान श्रेष्ठ, कांग्रेस महामन्त्री तथा झापा १ का उम्मेदवार विश्वप्रकाश शर्मा, एमालेका केन्द्रीय सदस्य समेत रहेका बझाङका प्रतिनिधि सभा सदस्यका उम्मेदवार ऐनबहादुर महर, नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का दुर्लभ थापालगायतलाई स्पष्टीकरण सोधेको समाचार आयोगको आधिकारिक साइटमा समाचार प्रकाशित छ ।

तर यीमध्ये निर्वाचन आयोगले बझाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका एमाले नेता महरलाई स्पष्टीकरण सोधिएको समाचारमा कतैपनि एमाले पार्टीको नाम उल्लेख गरिएको छैन । उनलाई कात्तिक ४ गते २४ घण्टे स्पष्टीकरण सोधिएकोसम्बन्धी समाचार प्रकाशित थियो ।

यसले गर्दा निर्वाचन आयोगको नेतृत्व र आयोगको मिडिया सेन्टरमा कार्यरत सञ्चारकर्मीमाथि प्रश्न उठेको छ । महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपैयाँ प्रदान गरेकोबारे आयोगले स्पष्टीकरण सोधेको थियो ।

जबकी अन्य उम्मेदवारहरूको हकमा आयोगले स्पष्टीकरण सोधेका समाचारमा राजनीतिक पार्टी र पदीय हैसियत समेत खुलाएर समाचार प्रकाशित गरेको देखिन्छ । उदाहरणको लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका रौतहट १ का उम्मेदवार माधवकुमार नेपाललाई स्पष्टीकरण सोधिएकोबारेको समाचारको सुरुमै पार्टीको नामसहित पद समेत खुलाइएको छ ।

कात्तिक ३ गते पोष्ट भएको नेता नेपालको समाचारमा भनिएको छ, ‘ निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य रौतहट क्षेत्र नं। १ का उम्मेदवार एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।’

अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा समाचार सार्वजनिक भएको थियो ।
त्यस्तै आयोगले कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्मालाई सोधिएको स्पष्टीकरणको समाचारमा पनि पार्टीको नाम र पद खुलाइएको छ ।

‘नेपाली काँग्रेसका महामन्त्री एवं झापा जिल्ला क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ’, आयोगले कात्तिक ४ मा प्रकाशित गरेको समाचारमा भनिएको छ, ‘झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गर्दै गरेको तस्बिर विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोष्ट गर्नुभएको श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंले गर्नुभएको होइन भनी भन्न सकिने कुनै आधार नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै भक्तपुर कांग्रेसका सभापति समेत रहेका दुर्लभ थापाको समाचारमा पनि आयोगले पार्टी र पदीय हैसियत समेत खुलाएको छ । ‘निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं। २ का उम्मेदवार एवं नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ’, आयोगले लेखेको समाचारमा भनिएको छ ।

थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएकाले स्पष्टीकरण सोधेको हो ।

राताेपाटीबाट

  • ७ कार्तिक २०७९, सोमबार प्रकाशित
  • Nabintech