२४ कार्तिक २०८३, सोमबार
२४ कार्तिक २०८३, सोमबार
रुकुम पश्चिममा जीप दुर्घटना : दुईजनाको मृत्यु, ६ जना गम्भिर घाइते
रुकुम पश्चिममा जीप दुर्घटना : दुईजनाको मृत्यु, ६ जना गम्भिर घाइते
  • न्युज डेस्क

२३ कात्तिक रुकुम पश्चिम । रुकुम पश्चिममा भएको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५, नयाँडाँडामा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ बस्ने १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापा छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो । जीप आठबीसकोट नगरपालिका–४ बस्ने २५ वर्षीय प्रदीप विकले चलाएका थिए ।

  • २४ कार्तिक २०८३, सोमबार प्रकाशित
  • Nabintech