१५ कार्तिक २०८२, शुक्रबार
१५ कार्तिक २०८२, शुक्रबार
टर्चलाइटले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या
टर्चलाइटले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या
  • न्युज डेस्क

२० असोज दाङ । आफनै श्रीमानको हत्याको आरोपमा दाङमा एक जना महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।घोराही उपमहानगरपालिका–१ मा ६४ वर्षीय श्रीमान ढालबहादुर चौधरीको हत्या आरोपमा उनकै ६२ वर्षीया श्रीमती छायादेवी चौधरी पक्राउ परेकी हुन्।

दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति १० बजेतिर आपसी विवादका क्रममा श्रीमती छायादेवीले श्रीमान ढालबहादुरको टाउकोमा टर्च लाइट प्रहार गरेकी थिइन्।प्रहारबाट ढालबहादुरको टाउको फुटेको थियो। अत्यधिक रक्तश्रावका कारण बिहान ढालबहादुर मृत फेला परेका थिए।घरको छुट्टै कोठामा बुहारी र नाति नतिनाहरु पनि थिए। सँगसँगै मदिरा पिएपछि उनीहरूबीच भनाभन भएको थियो। त्यसपछि निदाएका ढालबहादुरलाई छायादेवीले ओछ्यानमै टर्चलाइटले हानेकी थिइन्।

  • २० आश्विन २०८२, सोमबार प्रकाशित
  • Nabintech