२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार
सिन्धुली : हायू परिवारका सबैजना पोखरामा भेटिए
सिन्धुली : हायू परिवारका सबैजना पोखरामा भेटिए
  • न्युज डेस्क

१२ साउन काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका सवै सदस्य फेला परेको प्रहरीले जनाएको छ । हराएका भनिएका १६ जना नै पोखरामा भेटिएका हुन ।सोमबार साँझ पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनु भयो ।उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए ।

१२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३२, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेका थिए । १८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको थियो । परिवारको माइली छोरी सुजता हायू सोमबार सम्पर्कमा आएकी थिइन् ।सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए ।

  • १३ श्रावण २०८२, सोमबार प्रकाशित
  • Nabintech