१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु
  • न्युज डेस्क

९ असार रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको त्रिवेणी गाउँपालिका –१० बर्नेटीकी ५० वर्षीया गनेशा वलीको मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार आइतबार बेलुकीपख २५ मिटर पर रहेको छिमेकीको घरमा चट्याङ परेको थियो।नजिकै रहेको छिमेकीको घरमा परेको चट्याङको असरले गनेशा पनि बेहोस भएकी थिइन्।उनलाई उद्धार गरी अस्पताल पुर्‍याउँदा बेलुकी ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेको डिएसपी विष्टले जानकारी दिनु भयो ।

  • ९ असार २०८२, सोमबार प्रकाशित
  • Nabintech