९ असार बाँके । बाँकेमा पौडि खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ ।बारा जिल्लाको देउताल ननगरपालिका २ दक्षिण झिर्केमा घर भइ बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजार बस्दै आएका मुस्ताक निया ठकु राईको १० वर्षीय ताजिर अलीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाृे छ ।
उनका अनुसार शनिबार बेलुकी ५ बजेतिर उनी साथिहरूसँग स्थानीय पेडारी नालामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। शनिवार दिनभर खोजी गर्दा पनि नभेटिएपछि सोमबार विहान बालकको शव फेला परेको प्रहरीेले जनाएको छ ।