१ बैशाख सल्यान । सल्यानमा चट्याङ लागेर एक वालिकाको मृत्यु भएको छ भने अन्य तिन जना घाइते भएका छन ।
आइतबार अपराह्न ४ बजेतिर परेको चट्याङले एक बालिकाको मृत्यु भएको छ। तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
कालिमाटी गाउँपालिका ६ ढोरेनीको घरमा चट्याङ पर्दा १३ वर्षीया करिश्मा घर्तीको मृत्यु भएको हो। घाइते बालिकालाई उपचार निम्ति सुर्खेतस्थित मेहलकुना अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।सल्यानका प्रहरी प्रमुख डिएसपी केशरकुमार न्यौपानेका अनुसार चट्याङ लागेर करिश्माका हजुरबुबा ७९ वर्षीय चन्द्रबहादुर घर्ती, त्यही घरमा रहेका ४५ वर्षीय विष्णु खड्का र २० वर्षीय डम्मरबहादुर खड्का घाइते भएका छन्।