३ चैत्र २०८१, सोमबार
३ चैत्र २०८१, सोमबार
जाजरकोटबाट ४ हजार ६ सय बढि विद्यार्थीले एसईई दिदैं
जाजरकोटबाट ४ हजार ६ सय बढि विद्यार्थीले एसईई दिदैं
  • paschimpatra

जाजरकोट । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माद्यामिक शिक्षा परीक्षा (एसईई)मा जाजरकोट बाट ४ हजार ६ सय ६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । २२ वटा परीक्षा केन्द्र बाट विद्यार्थीले परीक्षा दिने भएका हुन् ।

परीक्षामा नियमिततर्फ ४ हजार ३३८ र ग्रेडवृद्धितर्फ ३३० परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिईन् ।

सात वटा स्थानीय तह रहेको जाजरकोटमा परीक्षार्थीलाई पायक पर्ने स्थानमा केन्द्र रहेको समेत इकाईले जनाएको छ ।

  • ३ चैत्र २०८१, सोमबार प्रकाशित
  • Nabintech