२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
टरिगाउँ विमानस्थललाई एक करोड बजेट
टरिगाउँ विमानस्थललाई एक करोड बजेट
  • न्युज डेस्क

१९ फागुन दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिनु भयो ।विसं २०११ मा स्थापना भएको उक्त विमानस्थल हाल ७५० मिटर लम्बाइको छ ।यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्नेछ । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् ।साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज पनि आउन छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले जानकारी दिनु भयो  ।उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन समेत गर्नु भएको थियो ।

  • १९ फाल्गुन २०८१, सोमबार प्रकाशित
  • Nabintech