२० माघ विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।सीमामा खटेका सशस्त्र प्रहरीको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो ।