३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग
  • न्युज डेस्क

३ पुस काठमान्डौ । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल र सचिव उज्वल राम श्रेष्ठले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्नु भएको छ ।काठमाडौं जिल्ला अदालतमा चलिरहेको संगठित रूपमा ठगि गरेको मुद्दामा थुनछेक बहस गरी अदालतबाट निस्कने क्रममा जाहेरवालाहरूको तर्फबाट बहस पैरवी गरेको विषयलाई लिएर अदालतको गेटमा उपस्थित भएका केही उच्छृङ्खल व्यक्तिहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई हातपात, लछारपछार एवं कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार एवं कार्य भएको घटनाप्रति यस बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।परिसरका प्रमुख, एसएसपी बसन्त रजौरेका अनुसार पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको छ ।

  • ३ माघ २०८१, बिहीबार प्रकाशित
  • Nabintech