६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार
कर्णालीका केहि जिल्लामा अझै आयोडिनयुक्त नुन पाउन कठिन
कर्णालीका केहि जिल्लामा अझै आयोडिनयुक्त नुन पाउन कठिन
  • न्युज डेस्क

३ मंसीर काठमान्डौ । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुरयाउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुरयाउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय, नेपालगन्जका प्रमुख मनोज चौधरीले जानकारी दिए ।

चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिए । कर्णालीका जिल्लाहरूमा प्रति पोका ९ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ । ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो ९ रुपैयाँ परेको उनले बताए । डोल्पाको सदरमुकाम दुनैमा दुई हजार पाँच क्विन्टल कोटामध्ये हालसम्म एक हजार एक सय क्विन्टल नुन ढुवानी भइसकेको छ ।

  • ३ मंसिर २०८१, सोमबार प्रकाशित
  • Nabintech