६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार
निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाही
निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाही
  • न्युज डेस्क

२ मंसीर काठमाडौं । आसन्न उपनिर्वाचनका निम्ति आइतबार आज देखि आचारसंहिता लागु भएको छ । उपचुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । आइतबार उमेदवारको मनोनयनपत्र दर्ता गरिने आयोगको कार्यतालिका छ ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित
  • Nabintech