२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार
जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २३ जना घाइते 
जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २३ जना घाइते 
  • paschimpatra

जाजरकोट । जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन ।
भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी आज विहान साढे ११ बजेतिर दुर्घटना भएको हो ।
गाडी मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिका सहित १७ जना घाइते भएका छन । दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयाे।
डिएसपी पाण्डेका अनुसार सामान्य घाइतेहरुको कुदु स्थित स्वास्थ्य चौकीमा उपचार भइहेको छ ।
 यस्तै बारेकोट गाउँपालिकाको लिम्साबाट जिल्ला सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका ४ बाउसेखोला नजिक दुर्घटना भएको छ ।
 उक्त दुर्घटनामा ३ जना यात्रु घाइते भएका छन । जीपमा सवार ७ जना मध्य गम्भिर चोट लागेका ३ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ ।
घाइते तीनैजना बारेकोट गाउँपालिका २ लिम्साका रहेका छन ।
  • २६ कार्तिक २०८१, सोमबार प्रकाशित
  • Nabintech