२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार
उदाउँदो सूर्यलाई अर्घ अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ अर्पणसँगै छठ सम्पन्न
  • न्युज डेस्क

२३ कात्तिक काठमान्डौ । उदाउँदै गरेको सूर्यलाई ब्रतालुले जलाशयबाट अर्घ्य चढाएपछि महापर्व छठ सकिएको छ । बिहिवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ चढाएका हुन् ।

सूर्य देवको प्रतिक्षामा ब्रतालुहरु जलाशयमा प्रसादीसहित हात जोडेर लामो समय प्रतिक्षा गरेका थिए । सूर्य देखा परेसंगै प्रसाद चढाए । अब छठ घाटबाट घर पुगेपछि ब्रतालुले चढाएका प्रसाद सपरिवार ग्रहण गर्छन् ।

  • २३ कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech