७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
नेपाल पञ्चांग निर्णायक विकास समिति भन्छ– आज तिहारको कुनै पर्व छैन
नेपाल पञ्चांग निर्णायक विकास समिति भन्छ– आज तिहारको कुनै पर्व छैन
  • न्युज डेस्क

१६ कात्तिक काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व भएको समितिले बताएको छ । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुनेगर्छ ।यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनले सुनाए । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ ।कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएपछि सकिन्छ ।

  • १६ कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech