७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
कृष्णबहादुर महराका छोरा राहुल १४ महिना पछि जेलबाट छुटे
कृष्णबहादुर महराका छोरा राहुल १४ महिना पछि जेलबाट छुटे
  • न्युज डेस्क

१५ कात्तिक काठमाडौं । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा छुटेका हुन् ।२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो ।

राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले पक्राउ गर्यो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ । त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले बतायो ।

  • १५ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech