२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार
साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार पाउने
साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार पाउने
  • न्युज डेस्क

१५ कात्तिक काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनु भयो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन्।

  • १५ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech