८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
रविलाई अक्रो समस्या रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी
रविलाई अक्रो समस्या रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी
  • न्युज डेस्क

८ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ ।

  • ८ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech