८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
गाडी दुर्घटनामा नवजात २ दिने शिशुको मृत्यु
गाडी दुर्घटनामा नवजात २ दिने शिशुको मृत्यु
  • न्युज डेस्क

८ कात्तिक दाङ । बोलेरो गाडी दुर्घटनामा परी नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुंग्री गाउँपालिका १ छिउधरका अमृत रोका, उनकी‍ सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान दुर्घटना भएको थियो।

श्रीमतीलाई दाङको अस्पताल लगेर सुत्केरी गराएपछि उनीहरू घर फर्कँदै थिए। त्यसक्रममा दुर्घटनामा परेपछि नवजात शिशु घाइते भएका थिए। घाइते शिशुको उपचारको क्रममा बुधबार प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा बिहान पौने ७ बजेतिर मृत्यु भएको हो ।

 

  • ८ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech