८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
टि – २० क्रिकेटमा जिम्बाब्वेको किर्तिमान
टि – २० क्रिकेटमा जिम्बाब्वेको किर्तिमान
  • न्युज डेस्क

७ कात्तिक काठमाडौं । ट्वान्टी–२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तमान भंग भएको छ । नेपालको यो कीर्तिमान जिम्बाब्वेले तोडेको हो ।

जिम्बाब्वेले आईसीसी पुरुष ट्वान्टी–२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध ३४४ रन बनाएको हो । यसअघि नेपालले मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिमको कीर्तिमान राखेको थियो ।बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर ३४४ रन बनाएको हो । जिम्बाब्वेलाई यो कोसेढुंगामा पुर्‍याउन कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा सात चौका र १५ छक्कासहित अभिजित १३३ रन बनाए ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित
  • Nabintech