६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
घुसपैठका नाममा कार्यकर्ताले आफनै नेता कुटे
घुसपैठका नाममा कार्यकर्ताले आफनै नेता कुटे
  • न्युज डेस्क

६ कात्तिक कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आइतबार पोखराको प्रदर्शनका क्रममा घुसपैठियाको आरोपमा कुटपिट गरेका व्यक्ति सोही पार्टीका नेता रहेको खुलेको छ ।

रवि लामिछानेको पक्षमा भएको प्रदर्शनमा घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटिएर रक्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो ।पौडेलले नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको स्वीकार गरेका छन् । मुक्का प्रहारबाट मुख फुटेपछि २ टाँका लगाइएको पौडेलले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।उनलाई कांग्रेस एमालेको घुसपैठिया भन्दै रास्वपा सांसद हरि ढकालकै सामुन्ने निर्घात कुटपिट गरिएको थियो । प्रहरीले जोगाएर लैजान खोज्दा पनि रास्वपा कार्यकर्ताले उनलाई लखेटी लखेटी कुटेका थिए ।प्रहरीमाथि पानीको बोतल प्रहार गरेपछि उनी घुसपैठिया भएको आशंकामा नियन्त्रणमा लिइएको र त्यसक्रममा केही व्यक्तिले कुटपिट गरेको रास्वपा नेताहरूले बताएका छन् ।

  • ६ कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech