२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सामुहिक बलात्कार गरेको आरोपमा कोहलपुरबाट ५ जना पक्राउ
सामुहिक बलात्कार गरेको आरोपमा कोहलपुरबाट ५ जना पक्राउ
  • न्युज डेस्क

१ कार्तिक बाँके । नाबालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा बाँकेमा ५ जना पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक धर्मराज भन्डारीका अनुसार १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया, सोही ठाउँका डम्मर बहादुर रोकाया, कोहलपुर गाभरका निर्मल थापा, बिजय कार्की, करेली बस्ने जिबन रोकाया लाई पक्राउ गरिएको बताउनु भयो ।

असोज २७ र २८ गते कोहलपुर नगरपालिका वडा न ११ सुर्खेत रोड स्थित एक होटलमा नाबालिकालाई सामुहिक जबरजस्ति करणी गरेको सूचना प्राप्त भए पश्चात उनिहरुलाई बुधवार बेलुकी पक्राउ गरिएको उहाले बताउनु भयो । बालिकाको उपचार भैरहेको छ अवस्थाा सामान्य रहेको प्रहरीको भनाई छ ।

  • १ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech