८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार
डडेल्धुरामा बस दुर्घटना, ४ जनाको मृत्यु, १२ जना घाइते
डडेल्धुरामा बस दुर्घटना, ४ जनाको मृत्यु, १२ जना घाइते
  • न्युज डेस्क

३० असोज डडेल्धुरा । डडेल्धुरामा भएको वस दुर्घटनामा ४ जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा दुर्घटना भएको हो। बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

बैतडीको पुर्चौंडी नगरपालिका ३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।बसचालक पुर्चौँडी नगरपालिका ८ का २४ वर्षीय वीरेन्द्र बोहरा, गम्भीर घाइते भएका छन्। पुर्चौँडी ८ का ४२ वर्षीय पदमबहादुर बोहरा, वडा नं ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएका छन्।

यस्तै पुर्चौँडी नगरपालिका ७ का २४ वर्षीय नवराज साउँद, वडा नं ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका(१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका ५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका ५ की ६५ वर्षीया धनमती साउँद पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech