६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार
मोटरसाइकलको ठक्करबाट कार्यालय सहयोगीको मृत्यु
मोटरसाइकलको ठक्करबाट कार्यालय सहयोगीको मृत्यु
  • न्युज डेस्क

१८ असोज दाङ । मोटरसाइकलको ठक्कर बाट दाङमा एक जनाको मृत्यु भएको छ ।दाङको लमही नगरपालिका–६ कुलामोहरका ४६ वर्षीय मंगल विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। विक लमही नगर विकास समितिका कार्यालय सहयोगी रहेको बताइएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको विक सवार साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।मोटरसाइकल चालक लमही नगरपालिका–८ का २२ वर्षीय एरोन चौधरी प्रहरी नियन्त्रणमा छन्।घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो। उनको उपचारका क्रममा शुक्रवार मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए।

  • १८ आश्विन २०८१, शुक्रबार प्रकाशित
  • Nabintech